जनकपुरधाम ३१ बैशाख २०८२
प्लान इन्टरनेसनल नेपालको समझदारीमा सबैला नगरपालिकाको समन्वय, जानकी महिला जागरण समाज धनुषा र सेतो गुराँस राष्ट्रिय बाल विकास समाजको आयोजना तथा प्राविधिक सहयोगमा जनकपुरधाममा ३ दिने अविभावक शिक्षा सम्वन्धि पुनर्ताजकी तालिम सम्पन्न भयो । जिल्ला स्वस्थ्य कार्यालय धनुषा,सबैला नगर पालिकाको स्वास्थ्य शाखा, सबैलाकै ४ वटा वडाहरु ९, १०, ११ र १३ को स्वास्थ्यकर्मिहरु र सशक्त बालिका परियोजनामा आवद्य फिल्ड सुपरभाइजरहरु गरि जम्मा १८ जना सो तालिमावाट प्रशिक्षित हुनुभएको छ । सशक्त बालिका परियोजनाले प्रारम्भिक बाल विकास (ECD) र किसोरी संरक्षणको सवालमा काम गरिरहेको छ । जानकी महिला जागरण समाजको सहजिकरणमा सबैलाको ४ वटा वडाहरु र सहिदनगर नगरपालिकाको वडा न ७ मा यो परियोजना संचालनमा रहेको छ ।
यस ३ दिने तालिम कार्यक्रको सहजिकरण सेतो गुराँस राष्ट्रिय बाल विकास समाजको बरिष्ठ तालिम अधिकृत रमा थपलियाले गर्नु भएको थियो त्यस्तै जानकी महिला जागरण समाजको कार्यक्रम संयोजक निकिता सिंह यादवले कार्यक्रमको उद्देश्य र कार्यक्रमको अवस्था वारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । पहिले लिएको तालिमको आधारमा स्वास्थ्यकर्मिहरुबाट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम दिएको, समुदायका संचालित कक्षाहरुमा प्रशिक्षण सहयोग र अनुगमन गरिएको थियो । समुदायमा भएका कक्षालाई अमm प्रभावकारी वनाउन यो पुनर्ताजकी तालिमले सहयोग गरेको सहभागिहरुले वताउनु भयो । नेपाल सरकारको अभिभावक शिक्षा संवन्धि तालिम सामाग्रीहरु प्रयोग गरि शुक्ष्म शिक्षण (Micro Teaching) सबैले पालैपालो गर्नुभएको थियो र सँगसँगै पृष्ठपोषण दिइएको थियो ।
समापन सत्रमा मन्तव्य राख्दै स्वास्थ्य शाखा प्रमुख संजय कुमार मण्डलले यो परियोजनाबाट नेपाल सरकारले सबैला नगरपालिकाको कामलाई ठुलो सहयोग भएको र सबै वडाहरुमा लागु गर्न आवस्यक पहल गरिदिन आग्रह गर्नु भयो । यो परियोजनाबाट छोटो समयमानै उपलव्धिहरु देखिएकाले कार्यान्वयनको तहमा शाखाले यथासक्य सहयोग गर्ने प्रतिवद्यता गर्नु भएको थियो । जानकी महिला जागरण समाजको अध्यक्ष मन्दा कुमारी कर्णले तालिम लिय पश्चात स्वास्थ्य सम्वन्धि सुचकहरुमा सकरात्मक परिवर्तन हुने अपेक्षा रहेको र यसमा नगरपालिका र स्वास्थ्यकर्मिहरु ले सक्रिय भुमिकाको अपेक्षा गर्नु भयो त्यस्तै सहभागि र नगरपालिको मागहरुलाई ध्यानमा राखि आगामि दिनमा सामmेदार निकायसँग योजना निर्माण गर्ने र अन्य वडाहरुमा पनि कार्यक्रम संचालन गरिने प्रतिवद्धता गर्नुभयो ।












तपाईको प्रतिक्रिया