साताको शेयर कारोबार: बजार घट्यो, कारोबारमा सुधार

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

काठमाडौं १९ बैशाख २०८२।

साताको अन्तिम दिन शुक्रबारसम्मको शेयर कारोबारलाई हेर्ने हो भने यो साता सेयर बजार १.३१ प्रतिशत घटेको छ । गत साता २६५८ अंकमा रहेको बजार यो साता ३५ अंक घटेर २६२३ मा झरेको हो ।

आइतबारदेखि विहीबारसम्म मात्र कारोबार हुने शेयर बजार यो साता विहीबार पनि मजदुर दिवसका कारण सार्वजनिक बिदा परेकोले जम्मा ४ दिन मात्र कारोबार भयो । चार दिनमध्येमा पनि तीन दिन बजार घट्यो । पहिलो दिन आइतबार ३.५८ अंक बढेको बजार सोमबार १४.५३, मंगलबार १५।०८ र बुधबार ८.१४ अंक घट्यो ।

यो साता बजार केही घटे पनि कारोबार रकम भने उल्लेख्य छ । आइतबार १० अर्ब ८७ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ९१ करोड, मंगलबार ७ अर्ब ५७ करोड र बुधबार ९ अर्ब ३७ करोडको भएको छ ।

तपाईको प्रतिक्रिया