सगिता सुबेदी
काठमाण्डौ २४ वैशाख २०८२।
माओवादी अध्यक्ष प्रचण्ड परिवर्तन चाहने धेरैका लागि प्रिय नेता हुन् । अहिलेको संघीयता, नयाँ संविधान, लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता जस्ता आधुनिक एवं जनमुखी ब्यवस्था र प्रावधानका सुत्रधार प्रचण्डको देशमा राजनीतिक योगदान अथक छ । भलै शत्तामा रहँदा जनताले सोच जस्तो डेलिभरी दिन उनले पनि सकेनन् । त्यसका धेरै कारण, जटिलता वा गठबन्धन सरकार हुनुको अप्ठेराहरु होलान् । फलस्वरुप पनि नेपाली जनता उनीप्रति सोचेजस्तो खुशी छैनन् । तर जनतामाझ प्रचण्डको छविलाई धुलिसाथ बनाउन उनको काम भन्दा प्रतिस्पर्धी नेताहरु, खुट्टा तान्नेहरु र विपक्षि दलहरु हात धोएरै लागेका हुन् । केही हदसम्म प्रचण्ड परिवारबाद, आसेपासे समुहको हितचित्तत्त पुरा गर्न लागेकै हुन् । जसले गर्दा उनी र उनको पार्टी माओवादीलाई राजनीतिक रुपमा धेरै घाटा भयो । तर पछिल्लो पटक प्रचण्ड र माओवादी जनतामा फर्किएको देखिन्छ ।
उनीहरु जनतामा गएर विगतमा गल्ती भएको र अब त्यो नदोहोर्याउने बाचा गरिरहेका छन् । जनताको पिडा सुनिरहेका देखिन्छन् । पूर्बमेची देखि पश्चिमसम्मको राजनितक जागरण अभियानमा माओवादी अध्यक्ष १६ बर्षिय युवाझै खटिएका छन् । माओवादी पार्टीमा एक्लो कमान्डर झै उनी देखिन्छ । यद्यपी सो पार्टीमा अरु नेताहरु पनि उसैगरी लागेका त छन् । तर प्रचण्ड भने प्रचण्ड रुपमै मैदानमा छन् ।
जसले गर्दा पछिल्ला दिनहरुमा माओवादी प्रति जनतामा आशा, भरोषा बढीरहेको देखिन्छ । पुर्बदेखि पश्चिमसम्मै माओवादीका सभा, सम्मेलन वा प्रचण्डको मर्निग वाकमा मानिसहरुको बाक्लै सहभागिता थियो । त्यसले पनि आगामी चुनाबमा माओवादी पार्टी आफनो पहिलेको जस्तो शक्तिमा फर्किने आँकलन गरिएका छन् । खासगरी नयाँ भनिएको रास्वपा पार्टी पनि अनेकन लफडा मुसिँदा र पुराना एमाले-काँग्रेस पार्टीले आफनो पुरानै लय समात्ने र हालीमहालीबादमा चुर्लुम्म डुब्दै गएपछि माओवादी पार्टी प्रति फेरी एकपटक जनताले चासो देखाएका छन् । यद्यपी ०८४ साल आउन अझै २ बर्ष बाँकी छ । त्यसबीच नदिमा धेरै पानी बगिसक्छ । कोर्स कसरी अघि बढ्छ त्यो भने यसै भन्न सकिदैन ।











तपाईको प्रतिक्रिया