काठमाण्डौ ३० बैशाख २०८२
शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ९६.०८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशत घटेको छ भने कुल नाफा ३१.४३ प्रतिशत बढेको छ। कम्पनीको अन्य आम्दानी २७.१० प्रतिशत र अन्य खर्च ७.८० प्रतिशत घटेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३७ पैसा बढेर ९ रुपैयाँ ७९ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३.२३ गुणा रहेको छ।












तपाईको प्रतिक्रिया