हाँस्दै आउ नववर्ष (गजल)

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि


सगिता सुबेदी
हाँस्न किन आनाकानी हाँस्दै आउ नव वर्ष
नयाँ जोश, प्रित लिई मनमा छाउ नव बर्ष

घुम्ती पथ, चैनगरी सबैलाई झड्का दिने
त्यस्ता सोचमा खडेरीले छिट्टै खाउ नव बर्ष

एकतार विश्वासको अग्रगामी चाल चाल्दै
विश्वसामु अडिगको गित गाउ नव वर्ष

सत्ता पाए देश फेर्ने कसम् खाथे हाम्रा आफना
पुगे सत्ता विर्से कसम लौ सम्झाउ नववर्ष

सत्य, न्याय, पक्ष लाग्ने भावनाको बिउलाई
क्ेलाउने, बचाउने जमात बनाउ नव वर्ष ।

तपाईको प्रतिक्रिया