बिजनेस पोष्ट

काठमाडौं १९ फागुन २०८१- बिरिसु मिडियाद्धारा आयोजित तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ु को फाइनल कार्यक्रम सम्पन्न भएको छ । चावहिलको चलचित्र विकास बोर्डमा गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपती सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान पनि प्रदान गरिएको थियो । बिरिसु मिडिया प्रालिका प्रबन्ध निर्देशक नरेन भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपा समाजवादीका केन्द्रिय सदस्य सांगीता तामाङ, युवा नेता एंव खानिखोला गाउँपालिका वडा नं ४ का वडाध्यक्ष निशान मोक्तान, युवा नेता मिलन थापा रहेका थिए ।
कार्यक्रममा नारी टेलिसिरियलका कलाकार टिमको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सम्माननिय परमानन्द झाले निजी संस्थाहरुले सम्मान र अवार्ड कार्यक्रम गरेर नयाँ पुस्ताका कलाकारलाई हौसला प्रदान गरेको र पुराना कलाकारहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे । उनले बिरिसु मिडियाको प्रशंसा गर्दै भने, ुसरकारी तहबाट गर्न नसकेको काम निजी संस्थाले आँटेर गरेको छ । यो राम्रो कामको खुलेरै प्रशंसा गर्छु ।ु बिरिसु मिडिया प्रा।लिका निर्देशक एंव कार्यक्रम संयोजक सुस्मिता स्याङ्तानले अवार्ड कार्यक्रम भव्य रुपमा सफल भएको र नेपालको इतीहासमै सबैभन्दा बढी समेटिएको बताइन ।
कार्यक्रममा उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ ुराष्ट्रिय पत्रकारीता सम्मानु,युरोपस्थित क्रोसियामा रहेका समाजसेवी दावा थिङलाई ुसर्वोत्कृष्ट समाजसेवी तथा युवा उद्यमी सम्मानु एनआरएनए माल्टाका अध्यक्ष एंव युवा नेता रेम्लाल खनाल ९रेम्स० लाई ुराष्ट्रिय सेवा सम्मानु प्रदान गरिएको थियो । नृत्य निर्देशक संघ नेपाल युरोप शाखाका अध्यक्ष एंव नृत्य निर्देशक सुनिल गिरीलाई ुराष्ट्रिय नृत्य निर्देशक सम्मानु प्रदान गरिएको थियो । त्यसैगरी समाजसेवी एंव युवा नेता केशर बहादुर थापालाई ुविशिष्ट समाजसेवी सम्मानु, अशिम लोप्चनलाई ुसमाजसेवा र पत्रकारीता सम्मानु, मेकअप आर्टिस्ट बिक्रम गौतमलाई ुविशिष्ट सेवा सम्मानु, गोल्डेन पिक हाइस्कुलका प्रध्यानाध्यापक छत्रमणी राइलाई ुराष्ट्रिय शिक्षा सेवा सम्मानु, विश्वकिर्तिमानी एंव कलाकार मनिश श्रेष्ठलाई ुराष्ट्रिय कला सम्मानु, प्रशान्त घिसिङ तामाङलाई ुयुवा व्यवसायी सम्मानु प्रदान गरिएको थियो । त्यसैगरी देवानन्द झालाई ुराष्ट्रिय पत्रकारीता समाजसेवा सम्मानु प्रदान गरिएको थियो । त्यसैगरी बुद्धिराम वि।क, दुर्गा बहादुर तामाङ, खिम बहादुर सुनार, नम बहादुर विश्वकर्मा, शंकर कुमार विष्टलाई ुराष्ट्रिय सेवा सम्मानु प्रदान गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया