माउन्ट एभरेष्ट पावरकोआईपीओ वैशाख १७ देखि खुल्ने

Bizness Post बिजनेस पोष्ट
|
१ हप्ता अगाडि

काठमाडाैं ८  बैशाख २०८३– माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्न लागेको हो।

कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ करोड ८० लाख रुपैयाँको २५ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर (८ करोड ६० लाख रुपैयाँ) आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।

स्थानीयतर्फ सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का अति प्रभावित बासिन्दालाई ३ लाख ४४ हजार कित्ता सेयर छुट्याइएको छ भने बाँकी ५ लाख १६ हजार कित्ता सोही नगरपालिकाका अन्य वडाका बासिन्दालाई वितरण गरिनेछ।

त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया