|
८ महिना अगाडि
काठमाडौं- ३१ भाद्र २०८२
नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजया दशमीका लागि साइत सार्वजिक गरेको छ।
२०८२ सालको विजया दशमीका शुभसाइत अनुसार असोज ६ गते सोमबार नवरात्रारम्भ भइ घटस्थापनाको साइत बिहान ९ बजेर १३ मिनेटमा रहेको छ।
असोज ७ गते मंगलबार झण्डा फेर्ने साइत बिहान ९ बजेर ५३ मिनेटमा पूर्व मोहडा पारेर गर्नुपर्ने छ। ११ गते शनिबार श्रीपचलीभैरव यात्राको समय छ।
यसैगरी १३ गते सोमबार फूलपाती र तुलजाभवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा साइत रहेको छ। स्थिरासनको साइत बिहान ९ बजेर २३ मिनेटमा रहेको छ। असोज १४ गते मंगलबार महाष्टमी र कालरात्रि रहेको छ। १५ गते बुधबार महानवमी रहेको छ। असोज १६ गते बिहीबार विजया दशमीमा टीकाको साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। जसमा टीका लगाइ माग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ।
असोज २० गते सोमबार कोजाग्रत पूर्णिमाव्रत रहेको छ।











तपाईको प्रतिक्रिया