सुनको मूल्य बढ्यो

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाडौं । सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो । 

शुक्रबार छापावाला सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार ३ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको हो । 

चाँदीको मूल्य समेत वृद्धि भएको छ । शुक्रबार प्रतितोला ५ हजार   ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा आइतबार ५ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ 

तपाईको प्रतिक्रिया

Advertisement