|
३ महिना अगाडि
काठमाण्डौ ४ माघ २०८२
नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीकाे घटेको छ । सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी तोला ५ हजार ६२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतिताला ५ हजार ६४५ रुपैयाँमा खरिद भएको थियो ।











तपाईको प्रतिक्रिया