सुनको भाउ तोलामा ३ हजार ५ सय बढ्यो

Bizness Post बिजनेस पोष्ट
|
१२ महिना अगाडि

काठमाडौँ २६ मंसिर २०८२- नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलाको २ लाख ५६ हजार ६०० रुपैयाँ तोकेको छ । बिहीबार सुन तोलाको २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी चाँदी तोलामा १ सय रुपैयाँ बढेर ३ हजार ९ सय ५ रुपैयाँ पुगेको छ।  बिहीबार ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो । 

तपाईको प्रतिक्रिया

Advertisement