काठमाडौँ १७ मङ्सिर २०८२।।
ललितपुरको ढोलाहिटीमा प्रधान कार्यालय रहेको एमएसआर बहुउदेश्यिय सहकारी संस्थाले विशेष साधारणसभा सम्पन्न भगरेको छ । सहकारीले आज मंगलबार आफनो प्रधान कार्यालयमा शेयर सदस्यहरुको भब्य उपस्थीतिमा विशेष साधारणसभा सम्पन्न गरेको हो । सभाले सञ्चालक समितिबाट प्रस्तुत प्रतिबेदन पारित गर्दै नयाँ कार्य समिति चयन गरेको छ । सभाले अध्यक्ष शम्भुराम जोशीलाई बर्खास्त गर्दै नयाँ अध्यक्षमा महिला नेतृत्व चयन गरेको हो
सयौंको उपस्थीतिमा सम्पन्न भएको विशेष साधारण सभामा तत्कालिन अध्यक्ष शम्भुराम जोशीले आर्थिक अनियमितता गरेको र सो कारण उनलाई बर्खास्ती गर्नु परेकोबारे सभामा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ ।
। यद्यपी सभामा बोल्ने क्रममा शम्भुराम जोशीले आफुले कुनै किसिमको अनियमितता नगरेको जिकिर गरेका थिए । तर उपस्थीत शेयर सदस्य महानुभावहरुले जोशीको आलोचना गरेका थिए । उनकै कारण सहकारीमा बर्षौदेखि समस्या आएको र बचतको अपचलन उनैले गरेको उपस्थीत सदस्यहरुले बताएका थिए । सभामा प्रस्तुत प्रतिबेदनमा पनि अध्यक्ष शम्भुराम जोशीका तर्फबाट भएको आर्थिक कैफियतबारे उल्लेख गरिएको छ ।

सभाले अहिले तत्कालिन उपाध्यक्षको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । सहकारी विभागमा सोको अध्यावधिक भएपछि विवरण सार्वजनिक गर्ने जनाइएको छ । सो सहकारीले अहिले बचतकर्ताहरुको करोडौं बचत रकम एक बर्ष यतादेखि फिर्ता गर्न सकेको छैन ।
झण्डै ४ हजार बचतकर्ता सदस्य रहेको सहकारीको ललितपुर ढोलाहिटीमा केन्द्रिय कार्यालय रहेको छ भने ललितपुरकै सातदोबाटो, चापाउगाउँ, लुभु, संख्खु, गोटिखेलमा लगायत ठाउँहरुमा सेवा केन्दहरुमार्फत कारोबार गर्दै आएको छ । सहकारीमा समस्या सिर्जना भएको दुइ बर्ष यता तलब नपाएपछि सेवा केन्द्रका धेरैजसो कर्मचारीहरुले काम छाडेका छन् ।
जनताको झण्डै १० करोड बचत रहेको बुझिएको सो सहकारीको आन्तरिक छानबिन समितिको प्रतिबेदन अनुसार ३ करोड भन्दा बढी रकम हिनामिना भएको बताइएको छ ।
।











तपाईको प्रतिक्रिया