नेपालमा अन्तर्राष्ट्रिय कानुन र मानबअधिकारको उलंघन

Bizness Post बिजनेस पोष्ट
|
२० घण्टा अगाडि


काठमाडौं २३ बैशाख २०८३
राष्टिय बौद्धिक केन्द्रका अध्यक्ष पवन लाल श्रीवास्तवले एक प्रेस विज्ञप्ती जारी गरी नेपाल सरकारले पुनर्नवास या उचित विकल्पको ब्यवस्था नगरी गरीवहरुलाई जबरजस्ती निष्कासन गरेकोमा खेद प्रकट गर्नु भएको छ।
अन्तर्राष्ट्रिय कानुन र मानबअधिकारको मातहत गरीवहरुको झुपडी, उनीहरुको आवासको अधिकार (Right To Adequate Housing ) को रुपमा मान्यता प्राप्त छ । जुन जीवनको अधकारको एक अभन्न अंग हो।
संयुक्त राष्ट्र संघको चाटर र अन्तर्राष्ट्रिय मानवाधिकारको घोषणापत्र अनुसार प्रत्येक ब्यक्तिलाई गरिमामय जीवन यापनको लागी आवास पाउने हक रहको छ। जवसम्म पुर्नवास या उचित विकल्पको व्यवस्था हुदैन, तबसम्म जर्बजस्ती (Forced Evictions) निष्कासनलाई मानबअधिकारको उलंघन मानिन्छ । न्यायिक दृष्टिकोणमा जिवनको अधिकारमा आवासको अधिकार पनि सामेल भएकोले यसप्रति वर्तमान सरकार र सत्तापक्ष दललाई सचेत हुन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया