सिटिजन्स बैंकले पहिलो त्रैमासमा खुद ब्याज आम्दानी ११.२४% ले वृद्धि

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाण्डौ २१ कार्तिक २०८२

सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ११.२४ प्रतिशतले खुद ब्याज आम्दानी बढाउँदै १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा यो रकम १ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ थियो।

बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब २१ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी २० करोड १७ लाख रुपैयाँ रहेको छ। यी सूचकहरूले विविध आम्दानी स्रोतहरूको प्रभावकारी उपयोग र ग्राहक सेवामा बैंकको सक्रियता झल्काउँछन्।

१४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ८ अर्ब २८ करोड ७२ लाख रुपैयाँ सञ्चित छ, जसले यसको बलियो वित्तीय आधार र दीर्घकालीन स्थिरताको प्रमाण दिन्छ। असोज मसान्तसम्म बैंकले २ खर्ब १२ अर्ब ६८ करोड निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड कर्जा प्रवाह गरेको छ, जसले अर्थतन्त्रको वृद्धि र व्यवसायिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

बैंकले जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै खराब कर्जा अनुपातलाई सक्रिय रूपमा नियन्त्रण गर्ने रणनीति अपनाएको छ। वर्तमान अवस्थामा सुधारका लागि ठोस कदमहरू चालिएको छ र आगामी त्रैमासहरूमा नाफा पुनरागमनको मजबुत आधार तयार भइसकेको छ।

तपाईको प्रतिक्रिया