|
६ महिना अगाडि
काठमाडौं ३० आश्विन २०८२।
सरकारले विभिन्न देशमा यसअघिको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, बेलायत, अमेरिका, जर्मनी, साउदी अरेबिया, स्पेन, जापान, इजरायल, मलेसिया, कतार, र रुसका राजदूतहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो । उनीहरुलाई कात्तिक २० भित्र फर्किसक्न भनेको छ ।
फिर्ता बोलाइएका राजदूतहरूको सूची:
चीन: प्राध्यापक डा. कृष्ण प्रसाद ओली
जर्मनी: डा. शैल रुपाखेती
इजरायल: प्राध्यापक धनप्रसाद पण्डित
मलेसिया: डा. नेत्र प्रसाद तिमिल्सिना
कतार: रमेश चन्द्र पौडेल
रुस: जंगबहादुर चौहान
साउदी अरब: नरेश विक्रम ढकाल
स्पेन: सनिल नेपाल
संयुक्त अधिराज्य (बेलायत): चन्द्र कुमार घिमिरे
संयुक्त राज्य अमेरिका: लोकदर्शन रेग्मी
जापान: दुर्गा बहादुर सुवेदी











तपाईको प्रतिक्रिया