दशैंका लागि भदौ २९ देखि सुकिला नोट साट्न सकिने

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौँ १५ भाद्र २०८२

दशैंका लागि आगामी भदौ २९ गतदेखि असोज १० गतेसम्म नयाँ तथा सुकिला नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सुचना प्रकाशित गर्दै सर्वसाधारणलगायत विभिन्न संघ संस्थाका लागि उक्त मितिमा बैंकिङ कारोबार गर्दा सुकिला नोट सटही गर्ने व्यवस्था गरेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार, प्रदेशस्थित कार्यालयहरु विराटनर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) र इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाबाट सुकिला नोट सटही गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया