प्रहरीको नियमित गस्तीको क्रममा लागुऔषध सहित १६ जना पक्राउ

Bizness Post बिजनेस पोष्ट
|
१ घण्टा अगाडि

काठमाडौँ १३ मंसिर, २०८३।।

प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नियमित गस्तीमा काठमाडौँको ठमेल, गौशाला र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन विदेशीसहित ६, कैलालीको गोदावरी नगरपालिकाबाट तीन जना पक्राउ परेका छन् ।

यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मिरमिरे टोलबाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ बाट एक, झापाको बिर्तामोड नगरपालिका–५ बाट एक, सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट दुई र सिन्धुलीको दुधौली नगरपालिका–१० लभडाँडाबाट एक जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध कोकिन, गाँजा र खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल र स्पास्पेन बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया