यामाहाको दसैँ-तिहार अफर अन्तर्गत सरस्वतीले जितिन् १० लाख ३० हजार रुपैयाँ

Bizness Post बिजनेस पोष्ट
|
४१ सेकेन्ड अगाडि

काठमाडौं १० मंसिर, २०८३- यामाहा नेपालले दसैँ–तिहारलाई लक्षित गरी सञ्चालन गरेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान सम्पन्न गरेको छ । अभियानअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३० हजार रुपैयाँ नगद पुरस्कार जितेकी छन् ।

उनले बुटवलस्थित यामाहाको आधिकारिक डिलर बाइकर्ज बुटवल प्रालिबाट यामाहा RayZR 125-FI Street Rally Hybrid स्कुटर खरिद गरेकी थिइन् । अभियानको ग्रान्ड प्राइजअन्तर्गत उनले उक्त नगद पुरस्कार प्राप्त गरेकी हुन् ।

यस्तै, पोखराका तेजबहादुर थापाले ब्रान्ड न्यू यामाहा R15 S मोटरसाइकल जितेका छन् । उनले पोखरास्थित यामाहाको आधिकारिक डिलर VAW Enterprise प्रालिबाट RayZR 125-FI Street Rally Hybrid स्कुटर खरिद गरेका थिए ।

कम्पनीका अनुसार अभियानअन्तर्गत देशभरका हजारौँ ग्राहकले १० हजारदेखि १० लाख रुपैयाँसम्म नगद पुरस्कार जितेका छन् । त्यस्तै, साप्ताहिक विजेतालाई एप्पलका विभिन्न ग्याजेट प्रदान गरिएको थियो । अभियान अवधिमा १० हजारभन्दा बढी ग्राहकले यस्ता ग्याजेट जित्न सफल भएको कम्पनीले जनाएको छ ।

अभियानमा १ लाखभन्दा बढी ग्राहकले दर्ता गराएका थिए । यामाहाले चाडपर्वको अवसरमा ग्राहकलाई आकर्षक पुरस्कार प्रदान गर्दै ब्रान्डसँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको जनाएको छ ।

नेपालभर १०५ भन्दाबढी आधिकारिक डिलर रहेको यामाहाले बिक्री, सर्भिस र स्पेयर पार्ट्स (थ्रीएस) सुविधामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया