हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौँ १६ भाद्र २०८३,

हिमालयन बैंक लिमिटेडले रसुवाका बाढीपीडितको उद्धार, राहत तथा पुनस्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सो रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको हो। गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको गेग्रानसहितको भीषण बाढीका कारण प्रभावित भएका तटीय क्षेत्रका नागरिकको सहयोगका लागि यो रकम दिइएको बैंकले जनाएको छ।

अप्रत्यासित रूपमा भएको जनधनको ठूलो क्षतिले बैंक परिवारलाई मर्माहत बनाएको जनाउँदै यो दुःखद घडीमा धैर्य धारण गर्न र आवश्यक उद्धार तथा सहयोग कार्यमा जुट्न बैंकले आग्रह गरेको छ। साथै, विपद्को समयमा प्रभावित समुदायको साथमा रहँदै निरन्तर सहयोग गर्न बैंक सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

Advertisement