काठमाडौँका विभिन्न स्थानमा मङ्सिर १४ गतेसम्म दैनिक साढे ५ घण्टासम्म बत्ती जाने

Bizness Post बिजनेस पोष्ट
|
१ हप्ता अगाडि

काठमाडौँ ३ मंसिर, २०८३।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा आजदेखि मङ्सिर १४ गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युत् वितरण लाइन भूमिगत गर्ने काम अघि बढाएकाले विद्युत् आपूर्ति प्रभावित हुने जनाएको हो। उक्त कार्यका लागि दैनिक बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा बन्द गरिनेछ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विभिन्न मिति र फिडरअनुसार प्रभावित हुने क्षेत्रहरूको विवरणसमेत सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया

Advertisement