चिलिमे हाइड्रोपावरले १२ प्रतिशत लाभांश दिने

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाडौं ०९ पुस २०८२

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशतका दरले लाभांश दिने निर्णय गरेको हो ।

घोषित लाभांशमध्ये ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) रहेको कम्पनीले जनाएको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया