सागर डिष्टिलरीको आईपीओ निष्कासन सुरु

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाण्डौ ३० भदौ २०८२-सागर डिष्टिलरी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको हो ।

यसमध्ये ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरमार्फत दिन सकिनेछ ।

यस आईपीओका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ जारी गरिसकेको छ ।

तपाईको प्रतिक्रिया