काठमाडौं २९ कार्तिक, २०८३।
नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा २ लाख ८४ हजार ५५० नयाँ प्यान थपिएका हुन्। गत असार मसान्तसम्म कुल प्यान संख्या ७९ लाख १० हजार ८६४ थियो।
तीन महिनाको अवधिमा व्यक्तिगत प्यान (पी–प्यान) लिनेको संख्या २ लाख ३१ हजार २२७ ले बढेर ५९ लाख २७ हजार ९३५ पुगेको छ भने व्यावसायिक प्यान (बी–प्यान) ५२ हजार ९२५ थपिएर २२ लाख २७ हजार ८३७ पुगेको छ। यस्तै, करकट्टी गर्ने निकायले लिने डब्लूपीएएन ३९८ ले बढेर ३९ हजार ५६२ पुगेको छ।
विभागको तथ्यांकअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाता ११ हजार ७७९ थपिएर ३ लाख ९० हजार ४७ र अन्तःशुल्कमा दर्ता हुने ६ हजार २५४ थपिएर १ लाख ३८ हजार ९२६ पुगेका छन्।
करको दायरा विस्तार भए पनि दर्ता संख्या बढ्नुलाई नै राजस्व वृद्धिको आधार मान्न सकिँदैन; यसका लागि सक्रिय करदाता र वास्तविक कारोबारको अवस्थासमेत हेर्नुपर्ने हुन्छ।











तपाईको प्रतिक्रिया