काठमाडौं २१ आश्विन २०८३।
प्रभु वैंकका तत्कालीन सिइओ अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले असोज २० गते दुवै मुद्दामा शेरचनलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अदालतले दुवै मुद्दाको अन्तिम फैसला भने गरिसकेको छैन ।
गुण एयरलाइन्स प्रालिलाई प्रभु बैंकको तत्कालीन व्यवस्थापनले सञ्चालक समितिको पूर्वस्वीकृति नलिई १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको विषयमा शेरचनविरुद्ध बैंकिङ कसुरको मुद्दा चलेको हो। यससँगै रेमिट्यान्सको अग्रिम रकमबापत बैंकले पाउनुपर्ने ८ करोड ३३ लाख १९ हजार ९६८ रुपैयाँ ३० पैसा ब्याज असुल नभएको विषय पनि मुद्दामा समेटिएको छ। नेपाल राष्ट्र बैंकको जाहेरी र प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा नेपाल सरकारले शेरचनमाथि बैंकिङ कसुरको अभियोग दायर गरेको हो।











तपाईको प्रतिक्रिया