महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी महा सोमबार’ योजना सार्वजनिक

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

काठमाडौँ १९ आश्विन २०८३। 

महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न र सुरक्षित नगदरहित बैंकिङ्गलाई बढावा दिन ‘महालक्ष्मी महा सोमबार’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार दराज मार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट पाउनेछन्।

योजनाअनुसार डेबिट कार्ड प्रयोगकर्ताले दराजमा न्यूनतम १ हजार ९ सय ९९ रुपैयाँको खरिदमा १० प्रतिशत वा अधिकतम ७ सय ५० रुपैयाँसम्म छुट पाउनेछन्। त्यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले सोही न्यूनतम रकमको खरिदमा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्राप्त गर्नेछन्।

यो छुट सुविधा हरेक सोमबार मात्र लागू हुने र सीमित संख्यामा ‘पहिले आउनेलाई प्राथमिकता’का आधारमा उपलब्ध गराइने बैंकले जनाएको छ। कार्डमार्फत भुक्तानी प्रोत्साहन गर्दै दैनिक कारोबारमा बचत पुर्‍याउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो।

अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले ग्राहक सुविधालाई ध्यानमा राख्दै हालै काठमाडौँको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याइसकेको छ।

तपाईको प्रतिक्रिया

Advertisement