बाढीपीडितको उद्धार तथा राहतका लागि राईट एण्ड एसोसियट्सद्वारा ६ लाख १ रुपैयाँ सहयोग

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौं १७ भाद्र २०८३-

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राईट एण्ड एसोसियट्स (Right And Associates) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख १ रुपैयाँ (रु. ६,००,००१) सहयोग गरेको छ।
देशभर प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले उक्त सहयोग गरेको हो। संस्थाका प्रबन्ध निर्देशक परसुराम अधिकारी ( PR Adhikari )ले भदौ १२ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत सहयोगको जानकारी दिएका हुन्।
राईट एण्ड एसोसियट्सले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा प्रभावितको उद्धार कार्यलाई थप तीव्रता दिनुपर्नेमा जोड दिएको छ।
भदौ १२ गते जारी विज्ञप्तिमा संस्थाले विपद्का कारण ठूलो संख्यामा नागरिक घरबार तथा आफन्त गुमाएर कठिन अवस्थामा पुगेको उल्लेख गर्दै यस्तो संकटको समयमा प्रभावित परिवार तथा समुदायको साथमा रहेको जनाएको छ।
“यस दुःखको घडीमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हौँ,” प्रबन्ध निर्देशक अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संस्थाले विपद्को समयमा राज्यको उद्धार तथा राहत अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त योगदान गरिएको जानकारी सिड्नी स्थित रकडेलका डाईरेक्टर अरुण गौतमले जानकारी दिनु भयको छ। पछिल्लो बाढीले विशेषगरी उत्तरी नेपालका क्षेत्रमा घर, सडक, पुल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूले पनि जनाएका छन्।

राईट एण्ड एसोसियट्सको यो योगदानलाई व्यावसायिक संस्थाको सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाको उदाहरणका रूपमा लिन सकिन्छ।

२६ वर्षदेखि शिक्षा तथा माइग्रेसन क्षेत्रमा सक्रिय

२६ वर्ष पुरानो राईट एण्ड एसोसियट्स काठमाडौंको पुतलीसडकबाट शिक्षा, भिसा तथा माइग्रेसनसम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो। संस्थाले आफ्नो सेवा विस्तार गर्दै नेपाल तथा विदेशमा करिब १ दर्जन भन्दा विभिन्न शाखा तथा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।
संस्थाले आफ्नो व्यावसायिक गतिविधिसँगै विपद् तथा सामाजिक संकटका समयमा समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ।

नेपालमा हालै आएको बाढीपछि देश तथा विदेशमा रहेका नेपाली समुदाय, संघसंस्था र विभिन्न निकायबाट राहत तथा उद्धारका लागि सहयोग जुटिरहेको छ। अन्तर्राष्ट्रिय रेडक्रस, CARE लगायतका संस्थाहरूले पनि प्रभावित क्षेत्रमा राहत तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।

“एकता नै शक्ति हो, सहयोग नै मानवता हो” भन्ने भावनासहित राईट एण्ड एसोसियट्सले विपद्मा परेका नागरिकको साथमा आफूलाई उभ्याएको जनाएको छ।

तपाईको प्रतिक्रिया

Advertisement