ग्लोबल आइएमई बैंकद्वारा लाभांश घोषणा

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौं १७ भाद्र २०८३।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो।

सञ्चालक समितिको निर्णय अनुसार हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया

Advertisement