|
३ महिना अगाडि
काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि बैंकका अध्यक्ष रहेका प्रचण्ड बहादुर श्रेष्ठले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा भदौ १४ गतेदेखि लागू हुनेगरि स्वीकृत गर्दै अर्याललाई सोही दिनदेखि नै लागू हुने गरी अध्यक्षमा नियुक्त गरेको कम्पनी सचिव विपिन हाडाले जानकारी दिए ।
नवनियुक्त अध्यक्ष अर्याल संस्थापक समूह तर्फ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट प्रतिनिधित्व गर्दथे ।










तपाईको प्रतिक्रिया