|
३ महिना अगाडि
काठमाडौं ४ भाद्र २०८३।
नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यस दिन सुन तोलाको नौ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला २६० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला तीन लाख ४ हजार १०० रुपैयाँमा भएको थियो ।
आज चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।











तपाईको प्रतिक्रिया