काठमाडौं २ भदौ २०८३
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न गरेको छ। ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित समारोह देशभरका शाखा तथा उपशाखामा आबद्ध भई ‘क्लब योजना’ मा सफलता हासिल गर्न सफल बीमा सल्लाहकारहरूको सम्मान तथा प्रोत्साहनका लागि आयोजना गरिएको हो।
कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरत कुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायतको उपस्थिति थियो। अध्यक्ष केडिया र सीईओ पाण्डेले बीमा सल्लाहकारहरूको योगदानको प्रशंसा गर्दै भविष्यमा पनि प्रोत्साहनमूलक कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधूली, पृथ्वी, अग्नि, आकाश, ग्यालेक्सी र कसमस क्लबका लक्ष्य पूरा गर्ने सल्लाहकारहरूलाई सदस्यता प्रदान गरेको छ। साथै वैयक्तिक कोड र टिम व्यवसायतर्फ उत्कृष्ट ३ मा पर्न सफल अभिकर्ताहरूलाई सम्मान गरिएको छ।
पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी तथा हास्य कलाकार मिस पबी र सुन्दर खनालले प्रस्तुति दिएका थिए। हाल १६९ शाखामार्फत सेवा दिँदै आएको कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी र लगानी २७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।












तपाईको प्रतिक्रिया