काठमाडौं २३ असार २०८२
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारायण बाबु लोहनी पुनः नियुक्त भएका छन्। कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
लोहनीको नयाँ कार्यकाल साउन १८ गतेदेखि लागू हुने छ। यसअघि पनि उनले कम्पनीको नेतृत्व सम्हालिसकेका लोहनीलाई पुनः जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।
यसअघि रिलायबल नेपाल लाइफमा २०७८ सालमा लोहनी थप एक कार्यकालका लागि सीईओ पुनः नियुक्त भएका थिए। उनको कार्यकाल आउँदो साउन १७ गतेबाट सकिँदैछ।
लोहनी कम्पनीको स्थापनाकालदेखि नै सीईओको भूमिकामा छन्। सिभिल इन्जिनियर लोहनीले व्यस्थापनमा स्नातकोत्तर गरेका छन् । रिलायबल आउनुअघि उनले बैंक तथा वित्तीय संस्थामा मात्रै एक दशकभन्दा लामो समय बिताएका थिए।












तपाईको प्रतिक्रिया