काठमाडौं १३ चैत्र २०८२-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त संसदीय दलका नेताका रूपमा उनलाई पद तथा गोपनीयताको शपथ दिलाउने प्रक्रिया अघि बढाएका छन्।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा शाह झापा–५ बाट निर्वाचित भए र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरे। यससँगै उनी मधेशी मूलबाट संसदीय लोकतान्त्रिक व्यवस्थाअन्तर्गत प्रधानमन्त्री बन्न सफल पहिलो व्यक्ति बनेका छन्।
शाह २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा जन्मिएका हुन्। उनका पिता डा. रामनारायण शाह आयुर्वेदिक चिकित्सक र माता ध्रुवदेवी शाह हुन्। उनी सविना काफ्लेसँग विवाहित छन् र एक छोरीका पिता हुन्।











तपाईको प्रतिक्रिया