|
१ महिना अगाडि
काठमाण्डौ १० चैत्र २०८२-कालंगा हाइड्रो लिमिटेड ले आज चैत्र १० गतेदेखि आफ्नो पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। यस चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरिएको छ।
कम्पनीले स्थानीयलाई १४ लाख कित्ता शेयर वितरण गरेको छ। स्थानीय आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। आवेदनको प्रारम्भिक अवधि चैत्र २४ गतेसम्म रहेको छ भने यदि पर्याप्त आवेदन नपुग्यो भने वैशाख ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपालीलाई ३ लाख ५० हजार कित्ता शेयर निष्काशन गरिएको छ। यस समुहमा आवेदन न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म दिन सकिन्छ। वैदेशिक रोजगारी समूहका लागि आवेदनको अन्तिम म्याद चैत्र १५ गतेसम्म तोकिएको छ।











तपाईको प्रतिक्रिया