काठमाडौं ०२ चैत २०८२-कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यस आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।
सोमध्ये ९ लाख १० हजार कित्ता शेयर बझाङ्ग, बैतडी र दार्चुला जिल्लाका अति प्रभावित क्षेत्रमा रहेका बासिन्दामा बाँडफाँट गरिनेछ भने बाँकी ४ लाख ९० हजार कित्ता शेयर अन्य प्रभावित क्षेत्रका स्थायी बासिन्दाका लागि उपलब्ध गराइनेछ।
सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ करोड ५० लाख रुपैयाँ बराबरको ३ लाख ५० हजार कित्ता साधारण शेयर छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २४ गते हुनेछ भने ढिलोमा २०८३ बैशाख ९ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गते हुनेछ।
आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले बिक्री प्रबन्धक कार्यालय, आयोजनस्थल कार्यालय र सम्बन्धित बैंक शाखाबाट आवेदन दिन सक्नेछन्।









तपाईको प्रतिक्रिया