रौतहट-४ मा रास्वपाका गणेश पौडेलको अग्रता

Bizness Post बिजनेस पोष्ट
|
१ महिना अगाडि

काठमाडौँ२२ फाल्गुन २०८२

रौतहट क्षेत्र नं ४ मा रास्वपाका गणेश पौडेलले अग्रता लिएका छन्। अहिलेसम्म ३६ सय मत गणना हुँदा पौडेलले २ हजार २०५ मत ल्याएका छन्।

दोश्रोमा रहेका कांग्रेसका देवप्रसाद तिमिल्सिनाले ६९२ मत मात्र ल्याएका छन्। तेश्रोमा रहेका नेकपाका रामकुमार भट्टराईले ६३७ मत ल्याएका छन्।

एमालेका रामजी साहले १ सय २२ मत ल्याएका छन् भने आजपाका ऋषि धमलाले ९ मत मात्र पाएका छन्।

तपाईको प्रतिक्रिया