काठमाडौँ२२ फाल्गुन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले स्पष्ट अग्रता कायम गरेका छन्।
काठमाडौंका १० वटै क्षेत्रमा रास्वपा अगाडि छन्। यसमा काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मिता पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त महर्जन, काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता लिएका छन्। यसैगरी ललितपुर २ मा जगदीश खरेल र ललितपुर ३ मा तोसिमा कार्कीले पनि अग्रता कायम गरेका छन्। भक्तपुरका दुवै क्षेत्रमा समेत रास्वपा उम्मेदवारहरू अगाडि रहेको जानकारी छ।
उपत्यकामा एक मात्र अपवाद ललितपुर क्षेत्र नम्बर १ हो, जहाँ नेपाली कांग्रेसका उदय शमशेर राणाले अग्रता लिएका छन्।











तपाईको प्रतिक्रिया