काठमाडौँ १९ फाल्गुन २०८२
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र गृह जिल्लाको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या उल्लेख्य रूपमा बढेको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा संघीय राजधानीका प्रमुख नाका, बसपार्क र यात्रु प्रस्थान बिन्दुहरूमा गाउँ फर्किने यात्रुहरूको लर्को लागेको छ ।
नयाँ बसपार्क (गोंगबु), कलंकी, कोटेश्वर, जडीबुटी तथा अन्य प्रमुख नाकाहरूमा बिहानैदेखि यात्रुहरूको घुइँचो देखिएको छ । विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेश जाने यात्रुहरूको संख्या बढी रहेको छ । मतदाताहरूले निर्वाचनलाई लोकतन्त्रको महापर्वका रूपमा लिँदै आफ्नो दैनिक व्यस्तता र कामलाई थाँती राखेर गाउँ फर्किने बाटो रोजेका छन् ।
अधिकांश यात्रुहरू रिजर्भ गाडीमार्फत गन्तव्यतर्फ लागिरहेका छन् । यातायात व्यवसायीहरूका अनुसार पछिल्ला केही दिनयता रिजर्भ गाडीको माग निकै बढेको छ ।
राजनीतिक दल र उम्मेदवारहरूले पनि मतदातालाई गाउँ फर्काउन विभिन्न माध्यमबाट आह्वान गरिरहेका छन् । मतदानमा उच्च सहभागिता जनाउनुपर्नेमा सबैको जोड छ ।











तपाईको प्रतिक्रिया