|
९ महिना अगाडि
काठमाडौं १३ फागुन २०८२ – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारले ५८ करोड रुपैयाँ अनुदान सहायता दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारबाट प्रस्तावित उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
निर्वाचन प्रयोजनका लागि नेपाल सरकारले भारत, जापान तथा विकास साझेदार संस्था संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडिपी) बाट पनि सहयोग प्राप्त गरिसकेको छ ।
अर्थ मन्त्रालयका अनुसार भारत सरकारले निर्वाचन प्रयोजनका लागि नेपाललाई सवारी साधन उपलब्ध गराएको छ भने जापान सरकारले नगद सहयोग प्रदान गर्ने भएको छ । त्यसैगरी, यूएनडिपीले निर्वाचन आयोगलाई प्रत्यक्ष रूपमा प्राविधिक तथा संस्थागत सहयोग गर्नेछ ।












तपाईको प्रतिक्रिया