काठमाडौँ १२फाल्गुन २०८२,।
नेपाल बैंक लिमिटेड र सिग्मा डायग्नोस्टिक्स ल्याबरेटरी प्रा. लि. बीच बैंकका ग्राहक र कर्मचारीहरुलाई स्वास्थ्य सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार, नेपाल बैंकका खाता धारक, बैंक कर्मचारी तथा कर्मचारीका परिवारका सदस्यहरूले भक्तपुर, वडा नं. ९, राधेराधेस्थित सिग्मा डायग्नोस्टिक्स ल्याबबाट प्रदान गरिने स्वास्थ्य सेवाहरूमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउनेछन्। यो छुट डिजिटल कारोबारमार्फत बिल भुक्तानी गर्दा मात्र लागू हुनेछ।
सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्याबको तर्फबाट ल्याब निर्देशक वेद प्रकाश मिश्रले हस्ताक्षर गर्नुभएको थियो।
यस सम्झौताले बैंकका ग्राहक र कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने विश्वास व्यक्त गरिएको छ।











तपाईको प्रतिक्रिया