जनकपुरधाम१५ माघ २०८२-सशक्त वालिका परियोजनमा अन्तरपुस्ता संवाद कार्यक्रमहरु सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना (न्क्क्) ले प्रारम्भिक वाल विकास र संरक्षणको विषयमा विगत एक वर्षदेखि काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नं. ७ मा यो कार्यक्रम संचालित छ । बाल विबाह कम गर्ने मुख्य उद्देश्यको साथ परियोजनाको विभिन्न क्रियाकलापहरु संचालन गरिएको छ । ११ वर्ष देखि १९ वर्षका किशोरीहरुलाई लक्षित गरि किशोरीहरु उनिहरुका आमा र हजुरआमाहरु भेला भई अन्तरपुस्ता संवाद गरिएको हो ।
शहिदनगर वडा न ७ को धबौली र महरा टोल त्यस्तै सबैला ९ मा कोलुवामोड र भठियन टोल, १० मा खरियानी र सिमरारी टोल ,११ मा इनर्वा टोल र १३ मा हकरोल र किरतपुर महतो टोलमा अन्तरपुस्ता संवाद ३ चरणको सम्पन्न भएको हो ।
संवादको क्रममा आ आफ्नो पुस्ताको विचारहरु आदान प्रदान गरियो । अवको समयमा पुस्ता विचमा कम मात्रामा भावनाहरु साटासाट हुने, नयाँ पुस्ताहरु मोवाइल र प्रविधीमा धेरै समय दिने , एक्लै वस्ने लगयतको समस्या छ भने आमा बुवा र हजुरआमा पुस्ताले आफ्नो पालामा यस्तो हुन्थ्यो भनि सोहि अनुसारको व्यवहारको अपेक्षा गरेको पाइन्छ । पुस्ता विचको संवादले आपसमा समभाव राख्न र हिंसा जोखिम र दुव्र्यवहार कम गर्न सहयोग पुग्ने कुरा जानकी महिला जागरण समाजको फिल्ड सुपरभाइजर ममता कुमारी यादवले बताइन ।
पहिलो चरण भएकाले अन्तरपुस्ता संवादको महत्व र कार्यक्रमको उद्देश्य बारेमा सामुहिक रुपमा स्पट गरिइको र सामmेदार संस्थाले वनाएको योजना अनुसार तिन तिन महिनामा संवाद गरिने परियोजनाको कार्यक्रम संयोजक निकिता यादवले बताइन । कार्यक्रममा वडा अध्यक्ष र सदस्य सहित सबै समुहमा गरेर करिब ३५० जनाको सहभागिता रहेको थियो ।











तपाईको प्रतिक्रिया