कोरोनाको नयाँ भेरिएन्ट : नेपालमा एक जनाको मृत्यु

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाण्डौ १० असार २०८२ ।

कोरोनाको नयाँ भेरिएन्ट आएपछि नेपालमा पहिलो पटक एकजनाको मृत्यु भएको छ ।

इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

सोमबार अस्पतालमा भर्ना भएकी उनको आज उपचारकै क्रममा मृत्यु भएको थियो । मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया