सुनको भाउ एकैदिन १० हजार ४ सय बढ्यो

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौँ ७ माघ २०८२।

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९२० रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया