वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

वीरगञ्ज ११ मङ्सिर २०८२।

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएकाे छ ।
गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भयो ।

तपाईको प्रतिक्रिया