सशक्त वालिका परियोजनाले मधेश प्रदेशमा बढायो गतिविधि, थुप्रै लाभग्राही

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

जनकपुरधाम ०७ मङ्सिर २०८२।
सशक्त वालिका परियोजनाले मधेश प्रदेशमा आफनो कार्यक्रमिक गतिविधि तीव्र पारेको छ । परियोजनाले आफना गतिविधि तीब्र बनाएपछि सो क्षेत्रका धेरै महिला तथा वालिका लाभग्राही भउका छन् । यसैबीच परियोजनाको वडा स्तरिय समिक्षा बैठक सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना (GSS) ले प्रारम्भिक वाल विकास र संरक्षणको विषयमा काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नं. ७ मा यो कार्यक्रम संचालित छ । समिक्षा कार्यक्रम वडा नं. ९,१०,१३ मा सम्मन्न भएको हो ।

वडा समितिको सबै पदाधिकारी, वडा स्तरिय प्रारम्भिक बाल विकास समिति, महिला स्वास्थ्य स्वयम सेविका, स्वास्य कर्मिहरु र जानकी महिला जागरण समाजबाट परियोजनामा आवद्घ कर्मचारीहरुको उपस्थिति रहेको थियो । विगत सेप्टेम्वर महिना देखि हाल सम्म भएको कृयाकलाप र उपलब्धिहरु बारेमा छलफल गरियो ।
यस अवधिमा मुख्य गरि अभिभावक शिक्षा सम्वन्धि २४ वटा पाठहरु ५० वटा आमा समुहमा संचालन भएको,पोषण सम्वन्धि प्रदर्शन हरेक समुहमा एक पटक गरिएको थियो । परियोजनाले गर्दा ANC PNC checkup बढेको, सन्तानको स्याहारमा र सहभागितामा पुरुषहरुको संलग्नता बढेको,स्वयम सेविकाहरुको र स्वास्थ्यकर्मिहरुको क्षमता अभिवृद्घि भएको पाइएको छ ।
स्वाथ्य कार्यलयले प्रदान गर्ने सेवाको हिसावले वडा न ११,९ ले प्रथम र मध्यम स्तरको स्थान हासिल गरेको छ । स्वास्थ्यकर्मिहरु र सेवाग्राहि बिचको सम्पर्ग र समन्वय राम्रो बन्दै गएको छ ।
आगामि दिनमा हरेक कार्यक्रम संचालित वडाको सबै महिला स्वास्थ्य स्यमसेविकाहले आ(आफ्नो टोलमा स्वास्थ्य आमा समुह गठनरपुनर्गठन गरि संचालन गर्ने कार्ययोजना रहेको परियोजनाको कार्यक्रम अधिकृत खगेन्द्र दहालले बताए ।

तपाईको प्रतिक्रिया

Advertisement