सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाडौँ २८ कार्तिक २०८२– नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन ५०० रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ५०० ले घटेर एक तोला सुनको मूल्य २ लाख ४९ हजार ७०० कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। यसदिन ६० रुपैयाँले घटेर चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया