खानी खोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन खुला

biznesspost-businesspost
Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाडौं ३ भदौ २०८२- खानी खोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको छ।

कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हकप्रद शेयर निष्काशनका लागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो।

अब असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले हकप्रद शेयरका लागि आवेदन दिन पाउने छन्। कम्पनीको हकप्रद शेयरमा भदौ २३ गतेसम्म आवेदन दिन किनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। 

तपाईको प्रतिक्रिया