इजरायलमा “तीज धमाका २०८२” हुने

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

काठमाडौँ १२ श्रावण २०८२– इजरायलमा “महिला स्वावलम्बन तथा समाज सेवा” लाई आफ्नो मुल नारा बनाई स्थापित महिलाहरू मात्रै कार्यसमितिमा रहेको प्रवासी सृजनशिल महिला समूह इजरायलले यस वर्षको तीजमा नेपालबाट कलाकारहरू निमन्त्रणा गरि “तीज धमाका २०८२” मनाउन गईरहेको छ।

अघिल्ला वर्षहरूमा तीज पर्व पारेर यस्ता सांस्कृतिक कार्यक्रम अन्य संघसंस्थाहरूले गर्दै आएका थिए। यस वर्ष भने महिलाहरूको नेतृत्व एवं व्यवस्थापनमा तीज विशेष कार्यक्रम हुन गइरहेको छ। हहगना-१३५ तेलअभिवमा रहेको हलमा हुने कार्यक्रममा दर सहितको सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ। यही अगष्ट १५ तरिख शुक्रबार बेलुका ८ बजेबाट सुरु हुने कार्यक्रममा नेपालबाट चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी एवं गायिका जानुका तामाङलाई निम्त्याएको आयोजकले इजरायलमा कार्यरत कलाकारहरूलाई पनि समेटेर कार्यक्रमलाई भव्य बनाउने जनाएको छ।

“तीज धमाका २०८२” तीज विशेष सांस्कृतिक कार्यक्रममा इजरायलमा कार्यरत सम्पूर्ण नेपाली एवं नेपाली भाषी दाजुभाई दिदीबहिनीहरूलाई आयोजकले उपस्थित भई दर खादै छमछमी नाचेर तीज मनाउन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया