|
६ महिना अगाडि
काठमाडौं२५ असार २०८२। ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सार्वजनिक निष्काशन गरेको सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २को इकाईका लागि आवेदन दिने म्याद थपभएको छ । असार २२ गतेदेखि खुला गरेको उक्त इकाईका लागि अब साउन ४ गतेसम्म आवेदन दिन सकिने छ ।
यो योजना प्रारम्भमा १.२० अर्बको कोष आकारबाट सुरु गरिने यो योजना यदि माग उच्च भएमा २५% ले वृद्धि गर्दै अधिकतम १.५० अर्बसम्म विस्तार गर्न सकिनेछ । यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राख्दछ ।
योजना पूर्ण रूपमा म्युचुअल फण्ड नियमावली २०६७ अनुसार संचालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ ।












तपाईको प्रतिक्रिया