|
७ महिना अगाडि
काठमाडौँ ६ असार २०८२-काठमाडौंको चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै चक्रपथभित्र लगाइएको निषेधाज्ञालाई हटाएको हो। राजावादीहरूले जथाभावी विरोध प्रदर्शन गर्न थालेपछि प्रशासन कार्यालयले जेठ १८ गते चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला,जुलुश,प्रदर्शनलगायत विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जारी गरेको विज्ञप्तिमा निषेधाज्ञा लगाइएका ठाउँहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने बताइएको छ।












तपाईको प्रतिक्रिया