सुनको भाउ घट्यो

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाडौँ, १ भाद्र २०८२– आइतबार सुन-चाँदीको भाउ घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ६ सय रुपैयाँले घटेको सुन आज ७०० रुपैयाँले घटेको हो।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज  एक तोला सुन १ लाख ९५ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी आज चाँदीको भाउ ५ रुपैयाँले घटेको छ। महासंघका अनुसार प्रतितोला चाँदी २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। 

तपाईको प्रतिक्रिया